आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटः यूएईले नेपाललाई ११५ रनको लक्ष्य

काठमाडौं, ५ जेष्ठ । आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर ३ अन्तर्गत यूएईसँगको खेल जित्न नेपालले प्रतिस्पर्धात्मक लक्ष्य पाएको छ ।

यूएईले २० ओभरमा ७ विकेट गुमाएर ११४ रन बनाउँदै नेपाललाई ११५ रनको लक्ष्य दिएको हो ।
यूएईका लागि कप्तान इशा ओजाले सर्वाधिक ३९ रनको योगदान दिइन् । त्यस्तै तीर्था सतिशले २१ तथा हीना होचन्दानीले २० रन बनाए ।

नेपालका लागि मनिषा उपाध्यायले ४ ओभरमा २० रन दिएर ४ विकेट लिइन् । त्यस्तै कविता कुँवरले २ तथा राजमती ऐरीले १ विकेट लिए ।

यस खेलमा दुवै टोली जित्नैपर्ने दबाबमा हुनेछन् । नेपालले यूएईलाई हराएमा एक खेल अगावै ग्लोबल छनोट पुग्ने निश्चित हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्