भारतमा निपा भाइरसले जनजीवन प्रभावित पार्दै , पाँच राज्यमा अलर्ट जारी
काठमाडौं । भारतमा निपा भाइरसले जनजीवनलाई प्रभावित पार्दै गएको छ । चार राज्यमा सावधानी अपनाउन अलर्ट जारी गरिएको छ ।
केरलाका चार जिल्लामा मानिसलाई नजान सल्लाह दिइएको छ । अहिलेसम्म ११ जनाको ज्यान गएको छ भने १५ पीडितको उपचार जारी छ ।
केरलाका अलावा जम्मु कश्मिर, गोवा, राजस्थान र तेलांना राज्यमा पनि अलर्ट जारी भएको छ ।
केरला सरकारले मानिसहरुलाई कोझिकोड, मलापरम, वायनाड र कन्नूरमा नजान सुझाव दिएको छ ।
प्रतिक्रिया दिनुहोस्