बिहीबार सुनको मूल्य ६०० रुपैयाँले वृद्धि
काठमाडौं, २५ बैशाख। बिहीबार पनि नेपाली बजारमा निरन्तररुपमा सुनको मूल्य वृद्धि भएको छ । यस दिन सुन प्रतितोला ६०० रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९१ हजार ६०० रुपैयाँमा कारोबार सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ९५५ रुपैयाँमा किनबेच भइरहेको छ । बुधबार चाँदी प्रतितोला एक हजार ९६५ रुपैयाँमा किनबेच भएको थियो ।
प्रतिक्रिया दिनुहोस्