शीर्ष स्थानमा रहदै गुजरातद्वारा मुम्बई पराजित
काठमाडौं, २४ बैशाख। इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ अन्तर्गत मंगलबार राति खेलमा गुजरात टाइटन्सले मुम्बई इन्डियन्सलाई रोमाञ्चक खेलमा ३ विकेटले पराजित गरेको छ। जितसँगै गुजरात अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
घरेलु मैदानमा वर्षाले प्रभावित खेलमा हारसँगै मुम्बईको लगातार ६ खेलको जितको यात्रा टुंगिएको छ। मुम्बई अंक तालिकामा चौथो स्थानमा छ।
टस हारेर पहिले ब्याटिङ मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५५ रन बनायो। जवाफी ब्याटिङमा गुजरातले १४ ओभरमा १३२.६ को अवस्थामा पुगेको थियो, तर वर्षाले खेल रोकियो।
पुनः सुरु भएपछि डिएसएलको आधरामा उसलाई १९ ओभरमा १४७ रन लक्ष्य दिइयो। जुन लक्ष्य गुजरातले अन्तिम बलमा पूरा गर्यो।
जितसँगै गुजरात टाइटन्सले ११ खेलमा ८ जित र ३ हारसहित १६ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ।
यो हारले मुम्बई इन्डियन्स १२ खेलमा १४ अंकसहित चौथो स्थानमा छ। दोस्रो स्थानमा रोयल च्यालेन्जर्स बेंगलुरु (१६ अंक) र तेस्रो स्थानमा पञ्जाब किंग्स (१५ अंक) छन्।
दिल्ली क्यापिटल्स (१३ अंक) र कोलकाता नाइट राइडर्स (११ अंक) पनि प्लेअफको दौडमा छन्, तर चेन्नई सुपर किंग्स, सनराइजर्स हैदराबाद, र राजस्थान रोयल्स भने प्लेअफबाट बाहिरिसकेका छन्।
प्रतिक्रिया दिनुहोस्