चेन्नईलाई २ रनले हराउँदै बेंग्लुरू शीर्ष स्थानमा
काठमाडौं, २१ बैशाख । रोयल च्यालेन्जर्स बेंग्लुरू इण्डियन प्रिमियर लिग (आइपिएल)को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ।
गएराति चेन्नई सुपर किंग्सलाई २ रनले पराजित गर्दै बेंग्लुरू शीर्ष स्थानमा उक्लिएको हो।
बेंग्लुरूविरूद्ध जितका लागि २१४ रनको लक्ष्य पाएको चेन्नईले अन्तिम तीन बलमा ६ रन जोड्न नसक्दा पराजय ब्यहोर्न पुग्यो।
अन्तिम ओभरको तेस्रो बलमा कप्तान महेन्द्रसिंहको विकेटपछि चेन्नई दबाबमा देखिएको थियो।
उनको विकेटपछि आएका शिबम दुबेले चौथो बलमा छक्का हाने। यश दयालको बलिङ नो बल हुन पुगेपछि चेन्नई जित नजिक पुगेको थियो।
अन्तिम तीन बलमा जितका लागि ६ रन आवश्यक थियो। तर चेन्नईले तीनै बलमा एकरएक रन मात्रै बनाउँदा पराजित भएको हो।
चेन्नईका लागि रविन्द्र जडेजाले नट आउट ७७ रन बनाएका थिए। उनले ४५ बलमा ८ चौका र २ छक्का हाने।
त्यसअघि ओपनर आयुश महात्रेले ९४ रन बनाएका थिए। उनले ४८ बलमा ९ चौका र ५ छक्का हाने। साइक रसिदले १४ र महेन्द्रसिंह धोनीले १२ रन बनाए भने अरू ब्याटर चल्न सकेनन्।
बलिङतर्फ लुंगी एन्गिडीले तीन तथा क्रुनाल पाण्डे र यश दयालले एकरएक विकेट लिए।
पहिले ब्याटिङ गरेको बेंग्लुरूले ५ विकेट गुमाएर २१३ रन बनाएको थियो।
बेंग्लुरूका लागि ओपनरद्वय जेकब बेथेल र विराट कोहलीले अर्धशतक बनाए।
कोहलीले ३३ बल खेलेर ५ चौका र ५ छक्का प्रहार गरी ६२ रन बनाए। बेथेलले ३३ बलमा ८ चौका र २ छक्का प्रहार गरी ५५ रन जोडे।
रोमारियो शेफर्डको ब्याटिङ उत्कृष्ठ रह्यो। उनले १४ बलमा ४ चौका र ६ छक्का हानेर ५३ रन जोड्दै नट आउट रहे।
देवदत पाडिकलले १७ र कप्तान रजत पाटीदारले ११ रनको योगदान गरे।
बलिङतर्फ चेन्नईका मथिशा पाथिरनाले तीन तथा नूर अहमद र साम करणले एकरएक विकेट लिए।
शीर्ष स्थानमा उक्लिएको बेंग्लुरूले ११ खेलबाट १४ अंक जोडेको छ। समान खेलबाट ४ अंक जोडेको चेन्नई पुछारमा छ। उसले प्रतियोगिताभरि जम्मा दुई खेलमात्र जितेको छ।
प्रतिक्रिया दिनुहोस्