नीति तथा कार्यक्रम हेर्दा सरकार गन्तव्यहीन देखियोः माओवादी

काठमाडौं, १९ बैशाख । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले नीति तथा कार्यक्रम हेर्दा सरकार गन्तव्यविहीन जस्तो लागेको बताएका छन् ।

पूर्वअर्थमन्त्री समेत रहेका पुनले संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै परम्परागतबाट माथि उठ्न नसकेको बताए ।

उनले भने, ‘विगतमा नीति स्पष्ट गरिन्थ्यो । मूल कार्यक्रमहरू सरकारले संसदमा नै प्रस्तुत गर्ने र त्यो कार्यक्रममा बजेट राख्ने र त्यसमा स्रोत जुटाउने काम हुन्थ्यो । यसपटक त्यस्तो छैन । त्यसैले सरकार गन्तव्यहीन चलिरहेको छ । त्यस्तो ल्याएको देखिन्छ ।’

उनले सरकारले अहिले कार्यक्रम नराखेर संसदलाई छेलेर आफू अनूकुलको योजना राख्न खोजेको आशंका गरे ।

प्रतिक्रिया दिनुहोस्