बार्सिलोनाद्वारा रियल मड्रिड पराजित, कोपा डेल रे को उपाधि हात पार्न बार्सिलोना सफल

काठमाडौँ,१४ वैशाख । बार्सिलोनाले कोपा डेल रे फुटबलको उपाधि जितेको छ।

गएराति भएको फाइनलमा रियल मड्रिडलाई पराजित गर्दै बार्सिलोनाले उपाधि जितेको हो।

डे ला कार्तुजामा पाँच गोल भएको फाइनल खेलमा बार्सिलोनाले चिर परिचित प्रतिद्वन्द्वीलाई ३–२ गोलले पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पारेको हो।

खेलको २८ औं मिनेटमा पेड्रीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। त्यसपछि पहिलो हाफमा दुवै टोलीबाट गोल हुन सकेन।

दोस्रो हाफको ७० मिनेटमा केलियन एम्बाप्पेले बराबरी गोल फर्काए। त्यसको सात मिनेटमा औरेलियन टुअमानीले गोल गर्दै रियललाई अग्रता दिलाए।

त्यसपछि ८४ मिनेटमा फेरान टोरेसले गोल गर्दा निर्धारित ९० मिनेट बराबरीमा सकिएको थियो।

अतिरिक्त समयसहितको ११६ औं मिनेटमा जुल्स कोउन्डेले गरेको गोल निर्णायक भएपछि बार्सिलोनाले उपाधि जितेको हो।

खेलको अन्तिम समयतिर विवाद हुँदा रियलका एन्टोनियो रूडिगर, लुकास भाजक्वेज र ज्युड बेलिंघम रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए।

प्रतिक्रिया दिनुहोस्