सरकार र शिक्षक महासंघबीच सिंहदरबारमा वार्ता सुरु

काठमाडौं, १३ बैशाख । सरकार र शिक्षक महासंघबीच आज बिहानैदेखि वार्ता सुरु भएको छ । सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा वार्ता सुरु भएको हो ।

शुक्रबार दिउँसो तीन बजे बस्ने भनिएको वार्ता भाँडिएपछि आज बसेको हो । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले वार्ताबाटै समाधान खोज्न सरकार प्रतिबद्ध रहेको भन्दै शिक्षकहरूलाई वार्तामा बोलाएका हुन् ।

यसअघि बिहीबार सर्वोच्च अदालतले विद्यार्थीको पठनपाठन सञ्चालन गर्ने गरी तीनदिन भित्र शिक्षकका माग सम्बोधन गर्न आदेश दिएको थियो । सोही अनुसार मन्त्रालयले वार्ताबाट माग सम्बोधनको प्रयास गरेको छ ।
शिक्षकहरूले गत चैत २० गतेदेखि शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौं केन्द्रित सडक आन्दोलन गर्दै आएका छन् ।

लामो समय शैक्षिक हड्ताल हुँदा सामुदायिक विद्यालयको पढाइ प्रभावित भएको छ । यसले गर्दा विद्यार्थीको भविष्य अन्योलमा परेको छ । अभिभावक पनि चिन्चित छन् ।

प्रतिक्रिया दिनुहोस्