आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट खेल्ने नेपाली टोलीको घोषणा
काठमााडौं, १२ बैशाख । नेपाल क्रिकेट संघ (क्यान)ले आउँदो मे महिनामा हुने आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट खेल्ने नेपाली टोलीको घोषणा गरेको छ ।
नेपाल क्रिकेट संघ ९क्यान०ले शुक्रबार ईन्दु वर्माको कप्तानीमा एसिया छनोट खेल्ने १४ सदस्यीय टोलीको घोषणा गरेको हो । उक्त टोलीको उपकप्तानको जिम्मेवारी पूजा महत्तोलाई दिइएको छ । उनकै नेतृत्वमा नेपालले पहिलो पटक यू-१९ विश्वकप क्रिकेट खेलेको थियो ।
विश्वकपको एसिया छनोट आउँदो मे ९ देखि २० सम्म थाइल्यान्डमा हुनेछ । उक्त छनोटमा ९ देशले सहभागिता जनाउँदैछन् । शीर्ष दुईमा रहने टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।
यस्तो छ, नेपाली टोली
ईन्दु वर्मा ९कप्तान०, पूजा महतो ९उप(कप्तान०, रोमा थापा, रुबिना क्षेत्री, विन्दु रावल, कविता जोशी, सम्झना खड्का, राजमती ऐरी, रुबी पोद्दार, कविता कुँवर, सवनम राई, ईश्वरी विष्ट, मनिषा उपाध्याय र रीया शर्मा ।















प्रतिक्रिया दिनुहोस्