कक्षा १२ को परीक्षाबारे निर्णय गर्न बोर्डको बैठक आज बस्दै

काठमाडौं, ९ बैशाख । कक्षा १२ को परीक्षा शिक्षकहरू आन्दोललेल अन्योल भएको छ । त्यसअन्योलचिर्न आज (मंगलबार) राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्ने भएको छ । कक्षा १२ को परीक्षाबारे निर्णय गर्न बोर्डको बैठक बस्ने भएको हो ।

बैठकले कक्षा १२ को परीक्षा सञ्चालन गर्ने वा नगर्नेबारे निर्णय गर्ने बोर्डका अध्यक्ष डा।महाश्रम शर्माले जानकारी दिए ।

शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हड्ताल गरेर शिक्षकहरू आन्दोलनरत छन् ।

शिक्षक महासंघको आह्वानमा गत २० चैतदेखि सडक आन्दोलनमा रहेका शिक्षकहरूले माइतीघर–बानेश्वर सडक खण्डमा प्रदर्शन गरिरहेका छन् ।

यसबीच सरकार र महासंघका पदाधिकारी–प्रतिनिधिबीच पटक(पटक संवाद भएपनि सहमति जुट्न सकेको छैन ।

शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने, १८ किसिमका शिक्षकहरुलाई एकद्वार गर्नुपर्ने लगायत उनीहरुका माग छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्