तेक्वान्दो खेलाडी अदिशले जापान र अस्ट्रेलियामा प्रतिस्पर्धा गर्ने

काठमाडौं, ७ बैशाख । नेपाली तेक्वान्दो खेलाडी अदिश खड्काले जापान र अस्ट्रेलियामा हुने छुट्टाछुट्टै तेक्वान्दो प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन्।

उनले जापानको ओशाका शहरमा अप्रिल २५ देखि २७ सम्म हुने जापान वाता ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्। त्यसपछि उनी उतैबाट अस्ट्रेलिया जानेछन्।

उनले अस्ट्रेलियाको गोल्डकोस्टमा आयोजना हुने २०२५ गोल्डकोस्ट ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्। गोल्डकोस्ट ओपन मे ३ र ४ मा हुनेछ।

उनले दुवै प्रतियोगितामा यू(१७ अन्तर्गत व्यक्तिगत पुम्सेमा प्रतिस्पर्धा गर्नेछन्।

कक्षा ११ मा अध्ययनरत उनलाई उनको कलेज नामी इन्टरनेसनल कलेजले आज एक कार्यक्रम गरी विदाइ गर्‍यो।

कलेजका प्रिन्सिपल अनिशा पाण्डे लगायतले उनलाई विदाइ गरे।

अदिश तेक्वान्दोका तेस्रो डान समेत हुन्।

प्रतिक्रिया दिनुहोस्