लूम्विनी विकास बैंक लिमिटेडले एकैदिन तीन शाखा सञ्चालनमा
काठमाडौं । लूम्विनी विकास बैंक लिमिटेडले एकैदिन तीन शाखा कार्यालय विस्तार गरेको छ । आफ्नो सेवा विस्तारको क्रममा कपिलवस्तू जिल्लाको गजेहडा, सप्तरी जिल्लाको रुपनी तथा जनकपूरको लोहारपट्टीमा गरी एकैदिन तीन वटा शाखाहरुको औपचारिक रुपमा आजबाट सञ्चालनमा आएको छ ।
गजेहडा शाखाको उद्घाटन गर्दै बैंकका सञ्चालक चिन्तामणी भट्टराईले बैंकले आगामी दिनमा प्रतिस्पर्धात्मक रुपमा आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्ने साथै नेपाल सरकारको हरेक नेपालीको बैंक खाता खोल्ने नीति वमोजिम ग्रामिण भेगमा समेत शाखा विस्तार गर्दै जाने बताए ।
त्यस्तै प्रदेश २ अन्र्तगत सप्तरी जिल्लाको रुपनी शाखा तथा महोत्तरी जिल्लाको लोहारपट्टी शाखाको उद्घाटन गर्दै बैंकका सञ्चालक गणेशराज रेग्मीले बैंकले ग्रामिण क्षेत्रमा स–साना परियोजनाहरुको विकासमा आर्थिक सहयोग गरी जनताको जिवनस्तर सुधारमा सक्दो सहयोग गर्ने प्रतिवद्धता गरे ।
बैंकको हाल सम्म मुलुकभर ६३ शाखा सञ्जाल तथा १२ एटीएम मार्फत विभिन्न निक्षेप तथा कर्जा सूविधाका साथै सम्पूर्ण आधूनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको जनाएको छ । यसलाई अझै सुधार गर्दै जाने जानकारी बैंकले दिएकोछ ।















प्रतिक्रिया दिनुहोस्