हङकङविरुद्ध नेपालले टस जितेर बलिङ गर्दै
काठमाडौं,३ वैशाख । आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत तेस्रो खेलमा नेपालले हङकङविरुद्ध टस जितेर अहिले बलिङ गरिरहेको छ ।
नेपालका कप्तान नरेन भट्टले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन् । नेपालले दोस्रो खेलबाट पेस बलर दयानन्द मण्डलको ठाउँमा स्पीनर विपिन प्रसाद शर्मा टोलीमा आएका ल्याएको छ ।
नेपालले हालसम्म २ खेल खेल्दा दुवैमा जित निकालेको छ । हङकङले सोमबार यही मैदानमा अफगानिस्तानसँग पहिलो खेल खेल्दा पराजित भएको थियो ।
आजै माथिल्लो मुलपानीमा अफगानिस्तानले पनि तेस्रो खेल खेल्दै छ जहाँ टस जितेर पहिले ब्याटिङको निर्णय गरेको छ ।
नेपाल र अफगानिस्तान अब २ दिनको ग्यापपछि शनिबार एकआपसमा खेल्ने छन् । उक्त खेल यस छनोटको निर्णायक खेल बन्न सक्छ ।
प्रतिक्रिया दिनुहोस्