२०३० को फिफा विश्वकपमा ६४ टोलीलाई खेलाउने प्रस्ताव

काठमाडौं, २ बैशाख । उत्तर र मध्य अमेरिका तथा क्यारेबियन फुटबल महासंघका अध्यक्ष भिक्टर मोन्टाग्लियानीले २०३० को फिफा विश्वकपमा ६४ टोली खेलाउने प्रस्तावको आलोचना गरेका छन्।‍

दक्षिण अमेरिकी फुटबल महासंघले अघि सारेको योजनाको युइएफएका अध्यक्ष एलेक्जेन्डर सेफेरिन र एसियाली फुटबल महासंघ (एएफसी) ले पनि विरोध गर्दा उत्तर अमेरिकी क्षेत्रको फुटबलको प्रशासनिक निकायले आलोचना गरेको हो।

अर्जेन्टिना, पाराग्वे र उरुग्वेमा उद्घाटन खेलहरू आयोजना भएपछि सन् २०२३ को फिफा विश्वकपका खेल स्पेन, मोरक्को र पोर्चुगलमा हुनेछन्। यो विश्वकप पहिलो पटक तीन महादेश (दक्षिण अमेरिका, युरोप र अफ्रिका) तथा ६ देशमा हुन लागेको प्रतियोगिता हो।

संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडामा हुने २०२६ को फिफा विश्वकप मा ४८ टोलीबीच प्रतिस्पर्धा हुँदैछ। यसअघि ३२ टोलीबीच हुँदै आएको विश्वकपमा पहिलो पटक ४८ टोली भिड्न लागेका हुन्।

तर दक्षिण अमेरिकी फुटबल महासंघले फिफा विश्वकपको सयौं वर्षगाँठ मनाउन थप सहभागीहरू थप्न चाहेको बताएको छ।

४८ टोलीमा पनि थप टोली राखेर विश्वकप आयोजना गर्ने प्रस्तावको विषयमा उत्तर अमेरिकासहित एसिया र युरोपियन फुटबल महासंघले विरोध गरिरहेका छन्।

फिफा कंग्रेसमा सर्वसम्मत मतदान पछि २०१७ मा २०२६ को विश्वकपमा ४८ टोलीमा विस्तार गर्ने निर्णय गरिएको थियो।

फिफाको ७५ औं कंग्रेस १५ मे मा पाराग्वेमा हुनेछ, जहाँ ६४ टोलीको प्रस्तावमा छलफल गर्न सकिन्छ।

यदि प्रस्ताव स्वीकृत भएमा २०३० संस्करणमा १२८ खेलहरू हुनेछन्। जुन १९९८–२०२२ मा ६४ खेल खेलिएको संख्याको दोब्बर हुनेछ।

प्रतिक्रिया दिनुहोस्