सुन र चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौ,२ वैशाख । मंगलबार सुनको भाउ घटेको छ । आज छापावाल सुन प्रतितोला एक हजार सात सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८४ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, हप्ताको पहिलो दिन चाँदीको तोलामा १५ रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला एक हजार ९४५ रुपैयाँमा किनबेच भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्