शिक्षक महासंघ: १२ को परीक्षा सञ्चालन बहिष्कारदेखि विद्यालय बन्दसम्को निर्णय
काठमाडौं, १ बैशाख। नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षा सञ्चालन बहिष्कारदेखि विद्यालय बन्द सम्को निर्णय गरेको छ ।
महासंघको सोमबार बसेको बैठकले कक्षा १२ को परीक्षामा सहभागी नहुने निर्णय गरेको अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए ।
‘कक्षा १२ को परीक्षामा कोही पनि शिक्षक कर्मचारी सहभागी नहुने निर्णय गरेका छौं,’ उनले भने ।
कक्षा १२ को परीक्षा ११ वैशाखदेखि सुरु हुँदैछ । नयाँ शैक्षिक सत्र पनि सुरु भएको छ । सरकारले भर्ना अभियान घोषणा गरेको छ । तर महासंघले विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
‘स्कुल बन्द गर्ने निर्णय गरेका छौं,’ अध्यक्ष सुवेदीले भने । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै महासंघको नेतृत्वमा २० चैतदेखि शिक्षकहरूले सडक आन्दोलन गरिरहेका छन् । महासंघले शैक्षिक हड्तालसमेत घोषणा गरेको छ । १३ दिनदेखि शिक्षकहरु काठमाडौं सडक केन्द्रित आन्दोलनमा छन ।
प्रतिक्रिया दिनुहोस्