टी २० आई सिरिजमा नेपाल कुवेतसँग ३ रनले पराजित

काठमाडौं,३१ चैत । नेपाल र कुवेतबीचको टी २० आई सिरिजमा नेपाल ३ रनले कुवेतसँग हार व्यहोरेको छ । नबसिर अहमदले करियरकै सानदार ब्याटिङ गर्दै ८० रन बनाएपछि खेल फिनिसिङ गर्न नसक्दा नेपाल नेपाल हङकङ टी२०आई सिरिजमा उपविजेतामा सीमित भएको हो ।

हङकङ मोङ कोकस्थित मिसन रोड ग्राउण्डमा आइतबार भएको फाइनलमा नेपाल कुवेतसँग ३ रनको झिनो अन्तरले पराजित भएको हो ।

कुवतेले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपाल ३ बल अगावै १७१ रनमा अलआउट भयो । नेपालले लिग चरणमा कुवेत विरुद्ध टी२०आई कै ठूलो लक्ष्य पछ्याएर जित हात पारेको थियो । तर फाइनलमा भने कुवेतले ेनपाल विरुद्ध बदला लियो ।

अन्तिम ओभरमा नेपाललाई जितका लागि ११ रन आवश्यक थियो । कुवेतका अनुदिन चिन्थामारा बलिङ रग्न आएका थिए । पहिलो बलमै उनले नो बल फाले जसमा बसिरले छक्का हानेका थिए ।

त्यसपछि नेपाललाई ६ बलमा ४ रन आवश्यक थियो । तर उनले लगातार दुई बल डट खेलेपछि तेस्रो बलमा आफैँ क्याच भएपछि नेपाललाई जिताउने अवसर गुमाए ।

बसिरले ४३ बल खेल्दै ८ चौका र ४ छक्का मदतमा ८० रन बनाए । यस्तै नन्दनले १४ बलमा २ चौका र ४ छक्का मदतमा ३७ रन योगदान गरे । ओपनर बसिफ शेखले २१ रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

ब्याटिङमा अराब सुरुवात गरेको ९२ रनमै ८ विकेट गुमाइसकेको थियो । तर बसिर र नन्दन यादवले नवौँ विकेटका लागि कीर्तिमानी ७२ रनको साझेदारी गर्दै नेपालको आशा कायम राखेका थिए । टी२०आईमा नवौँ विकेटका लागि नेपालको यो अहिेसम्मकै उच्च साझेदारी हो भने पाँचौ उच्च साझेदारी हो । बेल्जियमका साबेर जाखिल र सक्लाइन अलीले सन् २०२१ मा अष्ट्रिया विरुद्ध नवौँ विकेटका लागि अविजित १३२ रनको साझेदारी गरेका थिए ।

नेपालका ब्याटरहरुको लज्जादपद प्रदर्शनलाई छोप्दै बसिरले आक्रमक इनिङ्स खेलेका थिए । उनलाई नन्दन यादवले पनि गतिलो साथ दिँदा नेपालले अप्रत्यासित जित निकाल्ने सम्भावना बढेको थियो । तर नेपालले त्यसलाई सदुपयोग गर्न सकेन ।

अन्तिममा फिनिसिङमा चुक्दा नेपालले उपाधि जित्ने राम्रो अवसर गुमायो ।
नेपाललाई जितबाट रोक्न कुवेतका लागि बलिङमा कुवेतका लागि अनुदिपले सर्वाधिक ३ विकेट लिए । यस्तै यासिन पटेल र नभिनराज राजेन्द्रनले समान २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ७ विकेठ गुमाएर १७४ रन बनाएको थियो ।

कुवेतले ब्याटिङमा सानदार सुरुवात गरेपनि नेपाली बलरहरुले उत्कृष्ट कमब्याक गरेपछि स्कोरमा रोकियो । पावर प्लेमै ७१/१ रन बनाएको कुवेतले ९ ओभरमा १००/२ रन बनाएको थियो ।

नेपालले टी२०आईमा पावर प्लेमा खर्चेको यो धेरै रन हो । यसअघि १९औं एसियन गेम्समा भारतले नेपाल विरुद्ध पावर प्लेमा ६३ रन जोडेको थियो ।

कुवेतको आक्रमक सुरुवात गर्दै २०० रनमाथि स्कोर गर्ने संकेत गरेको थियो । तर नेपाली बलहरुले पुनरागमन गरेपछि कुवेतले अन्तिम ११ ओभरमा ७४ रन मात्र बनाउन सक्यो ।

कुवेतका लागि ओपनर राजिभा सान्दारुवानले ३६ बल खेल्दै ६ चौका र ४ छक्का मदतमा सर्वाधिक ६३ रन बनाए । यस्तै अर्का ओपनर क्लिन्टो अन्टोले १४ बलमा २६ र उस्मान पटेलले १५ बलमा २३ रन जोडे । मिट भवसारले ८ बलमा १६ रन बनाए ।

नेपालका लागि बलिङमा सोमपाल कामीले ४ ओभरमा २६ रन खर्चेर तथा नन्दन यावदले ४ ओभरमा ३४ रन खर्चेर समान २ विकेट लिए । करण केसी र कुशल भुर्तेलले समान १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्