चलचित्र ‘अनुराग’को रोमान्टिक गीत रिलिज

काठमाडौं । चलचित्र ‘अनुराग’को रोमान्टिक गीत रिलिज भएको छ । ‘यस्तो साथी तिम्रो बन्छु म’ बोलको गीतमा सुगम पोख्रेल र अन्जु पन्तको स्वर रहेको छ ।

सत्यराज यस आरसीको शब्द र सरोज पोख्रेलको संगीत रहेको छ ।

चलचित्रमा एलिजा गौतम, समुन्द्र पण्डित, ठिलेन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल लगायतका कलाकारको मुख्य भूमिका छ ।

 

प्रतिक्रिया दिनुहोस्