नेपाल सुपर लिगमा काठमाडौं रेजर्स र धनगढी एफसी भिड्दै

काठमाडौं, २९ चैत । नेपाल सुपर लिग (एनएसएल) २०२५ मा आज पहिलो संस्करणको विजेता काठमाडौं रेजर्स र दुई पटकको उपविजेता धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ ।

काठमाडौं र धनगढी दुवैको समान ५ अंक छ तर काठमाडौंले ४ खेल खेलिसकेको छ भने धनगढीले ३ खेल खेलेको छ । गोलअन्तरमा अघि रहँदै धनगढी अंकतालिकामा तेस्रोमा छ भने काठमाडौं चौथोमा छ ।

काठमाडौं आफ्नो पाँचौं खेल खेल्दैछ भने धनगढी चौथो खेल खेल्दैछ ।

काठमाडौं र धनगढी दुवैले समान १ खेल जित्दा २ खेलमा बराबरी खेलेका छन् । काठमाडौं एक खेलमा पराजित भएको थियो ।

पहिलो खेलमा ललितपुर सिटीसँग र दोस्रो खेलमा झापा एफसीसँग बराबरी खेलेको काठमाडौं तेस्रो खेलमा पोखरा थण्डर्ससँग पराजित भएको थियो । चौथो खेलमा बुटवल लुम्बिनीलाई हराएर काठमाडौंले पहिलो जित हात पारेको थियो ।

उता पहिलो खेलमै बुटव लुम्बिनीलाई ४–१ ले हराउँदै सानदार सुरुवात गरेको धनगढीले त्यसपछिका दुई खेलमा भने गोल गर्न सकेको छैन । ललितपुर सिटी र पोखरा थण्डर्ससँग धनगढीले गोलरहित बराबरी खेलेको थियो ।

धनगढीको गोलअन्तर सबैभन्दा राम्रो छ । उसले अहिलेसम्म जम्मा १ गोल मात्र व्यहोरेको छ । उता ३ गोल गरेको काठमाडौंले ४ गोल व्यहोरेको छ ।

दुवैलाई अंकतालिकामा सुधार गर्दै शीर्ष स्थानको ललितपुर सिटीसँग अंक बराबरी गर्ने अवसर छ । ललितपुर ४ खेलबाट ८ अंकसहित शीर्ष स्थानमा छ ।

काठमाडौं र धनगढी दुवैमा विदेशी प्रशिक्षक छन् भने डिफेण्डर कप्तान छन् । काठमाडौंको कप्तानी कुलदिप कार्कीले गर्नेछन् भने अनन्त तामाङ ललितपुरको कप्तान छन् ।

प्रतिक्रिया दिनुहोस्