राम्रो सुरुआतका बाबजुद पनि तेस्रो युथ ओडीआईमा नेपाल १९१ मै अलआउट

काठमाडौं, २७ चैत । काठमाडौंमा जारी युथ ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले अफगानिस्तान यु–१९ टोलीलाई मध्यम लक्ष्य दिएको छ ‌।

मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४४.१ ओभरमा अलआउट भएर १९१ रन बनायो ।

नेपालका लागि साहिल पटेलले ४६ तथा निरज यादवले ४२ रन बनाए । पहिलो विकेटका लागि ८३ रनको साझेदारी गरेको भएपनि त्यसपछि निरन्तर विकेट गुमाउँदा नेपाल ५० ओभर टिक्न सकेन । कप्तान नरेन भट्टले २२ रन मात्र बनाउन सके ।

अफगानिस्तानका हाफिज जाद्रानले चार विकेट लिए भने अब्दुल अजिज र जैतुल्लह साहिनले २–२ विकेट लिए ।

तीन खेलको शृङ्खलामा नेपाल २० ले पछाडि परिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्