रिलिज भयो सलमानको ‘टाइगर जिन्दा है’ को ट्रेलर

एजेन्सी । सलमानका फ्यान लामो समयदेखि उनको यो फिल्मको ट्रेलरको प्रतीक्षामा थिए । र, अन्ततः लामो प्रतीक्षाको घडि समाप्त भएको छ ।

यो ट्रेलरमा सलमान खान धुँवादार एक्सन सीन गर्दै देखिएका छन् भने एकपटक फेरि पाकिस्‍तानी जासूसको भूमिकामा देखिन लागेकी कैटरीना कैफ पनि खतरनाक स्‍टन्ट र एक्सन सीन गर्दै देखिएकी छिन् ।

‘टाइगर जिन्दा है’को ट्रेलरमा देखाइएको छ कि ईराकमा दुनियाँको सबैभन्दा ठूलो खतरनाक आतंकवादी संगठनले २५ भारतिय नर्सलाई किडन्याप गर्छ र जब उनीहरुलाई बचाउने कुरा आउँछ तब सबैलाई याद आउँछ टाइगर उर्फ सलमान खान ।

ती नर्सहरुको जिन्दगी बचाउनका लागि क्याम्पमा प्रवेश गरेपछि टाइगरसँग मात्र २ दिन हुन्छ र उनले दुई दिनमा आफ्नो जोखिमपूर्ण कामलाई सफलतापूर्वक सम्पन्न गर्छन । तर, यसमा सलमान एक्लै छैनन् उनलाई पाकिस्‍तानी जासूस जोया उर्फ कैटरीना कैफले पनि साथ दिएकी छिन् ।

डिसेम्बर २२ मा रिलिज हुने यो फिल्म २०१२ मा रिलिज भएको कबीर खान निर्देशित सुपरहिट फिल्म “एक था टाइगर”को सिक्वेल हो । अलि अब्बास जफार निर्देशित ‘टाइगर जिन्दा है’लाई आदित्य चोपडाले निर्माण गरेका हुन् ।

‘टाइगर जिन्दा है’मा सलमान खानको खतरनाक एक्सन देख्न पाइने निर्माण पक्षले बताएको छ । केही समय अगाडि सलमानले फिल्ममा आफ्नो भूमिकाको विषयमा जानकारी दिँदै भनेका थिए, ‘निकै अफ्ठ्यारो काममा हात हालेछु यार । मेरो उमेर ५१ वर्ष भयो र अब यो उमेरमा ठूला–ठूला भवनबाट कुद्न र खतरनाक सीन गर्न निकै मुश्किल भएको छ ।’

प्रतिक्रिया दिनुहोस्