नेकपाको नौ जनाको सचिवालय बढ्ने , को को थपिँदै छन् त ?

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको एकताबाट गठित नेकपा कम्युनिष्ट पार्टी नेकपाको नौ जनाको सचिवालय बढ्ने भएको छ ।

नौ सदस्यीय सचिवालय बन्ने टुंगो भएको एक हप्ता नबित्दै फेरि सचिवालय बढाउनु पर्ने भएको हो ।

आकांक्षी धेरै हुनुका साथै सचिवालय समावेशी हुन नसकेको भन्दै चर्को आलोचना खेप्दै आएका जेट प्लेनका दुई पाइलटहरु (अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड) सचिवालय सदस्य थप्न राजी भएको उच्च स्रोतले बताएको छ ।

को को थपिँदै छन् त ?
सचिवालयलाई समावेशी बनाउन महिलाबाट विघटित एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र विघटित माओवादी केन्द्रबाट पूर्व सभामुख ओनसरी घर्तीलाई ल्याउन लागिएको हो ।

त्यसैगरी उचित स्थान नपाए विद्रोह गर्ने भन्दै आएका एमालेका पूर्व उपाध्यक्ष भीम रावल पनि सचिवालयमा अट्ने भएका छन् ।

त्यसैगरी एमालेबाट उपाध्यक्षहरु सबै समेट्ने क्रममा युवराज ज्ञवालीसमेत पर्दै गरेको स्रोतले बताएको छ ।

त्यसैगरी समावेशीका लागि माओवादी केन्द्रबाट मधेशी कोटाको रुपमा मातृका यादव र जनजातिबाट वर्षमान पुन अनन्तलाई ल्याउन लागिएको छ ।

सचिवालयमा थपिने ६ जनामा ३ जना एमाले र तीन जना माओवादीका नेताहरु हुने स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्