द्वन्द्वकालका माओवादी स्वास्थ्यकर्मीलाई हुने भयो सरकारी मान्यता
काठमाडौं । तत्कालीन माओवादी जनसत्ताले पास गरेको जग्गाको लिखतलाई वैधता दिने तयारीमा जुटेको प्रदेश ५ को सरकारले द्वन्द्वकालीन यस्तै अर्को मुद्दालाई आधिकारिकता दिने प्रक्रिया अघि बढाएको छ ।
द्वन्द्वकालमा माओवादी लडाकुको उपचारका लागि तयार पारिएका माओवादी स्वास्थ्यकर्मीलाई मान्यता दिन सरकार लागिपरेको हो ।
यसका लागि सामाजिक विकास मन्त्रालयले प्रक्रिया सुरु गरिसकेको छ। यो प्रक्रियाले पूर्णता पाए द्वनद्वका घाइते माओवादी लडाकुको उपचारमा खटिएका स्वास्थ्यकर्मीले सरकारी मान्यता पाउनेछन्।
द्वन्द्वकालमा माओवादीले घाइते लडाकुको उपचारका लागि ३, ६ र ९ महिने तालिम दिएर स्वास्थ्यकर्मी उत्पादन गरेको थियो।
प्रतिक्रिया दिनुहोस्