फागुनमा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय ३ अर्ब ७५ करोड

काठमाडौं, ११ चैत । आर्थिक वर्ष २०८१ र८२ को फागुन महिना मात्रै निर्जीवन बीमा कम्पनीहरुले ३ अर्ब ७५ करोड ४७ लाख कुल बीमाशुल्क संकलन गरेका छन् । बीमा प्राधिकरणले प्रकाशित गरेको निर्जीवन बीमा कम्पनीहरुको फागुन महिनाको वित्तीय विवरणले यस्तो देखाएको हो ।

गत आर्थिक वर्षको फागुन महिनाको तुलनामा उक्त ब्यवसाय २.९२ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको फागुनमा निर्जीवन बीमा कम्पनीहरुले ३ अर्ब ६४ करोड ८३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थिए ।

कुन कम्पनीको कति ?

चालु आर्थिक वर्षको माघ महिनामा मात्रै शिखर इन्स्योरेन्सले आफ्नो ब्यवसाय ७.१५ प्रतिशतले बढाएर ८८ करोड १८ लाख रुपैयाँ पुराएको छ । त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले एक महिनाको अवधिमा ३८ करोड ६८ लाख रुपयाँको ब्यवसाय गर्ने गरेको छ । कम्पनीले आर्जन गरेको ब्यवसाय गत फागुनको तुलनामा ४.२६ प्रतिशतले बढी हो । फागुन महिनामा हिमालयन एभरेष्ट र द ओरियन्टलले कमक्रः ३१.०३ प्रतिशतले बढाएर २८ करोड ८७ लाख र द ओरियन्टलले ४७.४४ प्रतिशतले बढाएर १७ करोड रुपैयाँको ब्यवसायी गरेका हुन् ।

यस्तै, चालु आर्थिक वर्षको फागुनमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ५.२५ प्रतिशतले बढेर ३० करोड ६५ लाख रुपैयाँ, एनएलजि इन्स्योरेन्सको २८.५८ प्रतिशतले बढेर २३ करोड ७५ लाख, नेपाल इन्स्योरेन्सको १८ प्रतिशतको बढेर १४ करोड, प्रभुको ११ प्रतिशतले बढेर १३ करोड र नेशनलको ६ प्रतिशतले बढेर ७ करोड रुपैयाँ रहेको छ ।

चालु आर्थिक वर्षको फागुनमा नेको इन्स्योरेन्सले २४ करोड ४६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यूनाइटेड अजोड इन्स्योरेन्सले १९ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सानिमा जिआइसी इनस्योरेन्सले १८ करोड ५७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । राष्ट्रिय बीमा कम्पनीले १५ करोड ३३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । आइजीआई प्रुडेन्यिसल इन्स्योरेन्सले ३४ करोड ९१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्