२०२५ मा नेपालमा दुई अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको आयोजना हुने

काठमाडौं, ७ चैत । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) ले सन् २०२५ को खेल क्यालेन्डर सार्वजनिक गरेको छ।

काभाले जनवरीदेखि डिसेम्बरसम्मको खेल तालिका सार्वजनिक गरेको हो।

जसमा महिला तथा पुरुषका १२ वटा प्रतियोगिता समावेश छन्। यस्तै बीच भलिबलको पाँच प्रतियोगिता हुनेछन्।

नेपालमा दुई वटा प्रतियोगिता सञ्चालन हुने काभाको कार्यक्रम छ।

जसमा अक्टोबरमा काभा वुमन्स नेसन्स लिग र डिसेम्बरमा काभा वुमन्स च्याम्पियन्स लिग हुने तय छ।

नेसन्स लिग देशबीचको प्रतियोगिता हो भने च्याम्पियन्स लिग क्लब स्तरीय प्रतियोगिता हो।

प्रतिक्रिया दिनुहोस्