विराटनगरलाई प्रादेशिक राजधानी बनाइने– नेता महेश आचार्य

काठमाडौं । नेपाल प्रेस युनियन मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले मुलुकको समृृद्धिका लागि राष्ट्रिय विकासको एजेण्डामा नेपाली काँग्रेस राष्ट्रिय सहमतिका साथ अगाडि बढ्ने बताएका छन् ।

मोरङ क्षेत्र नं–४ का प्रतिनिधि सभाका उम्मेदवारसमेत रहेका नेता आचार्यले प्रादेशिक राजधानी विराटनगरलाई बनाउने साझा संकल्पका साथ अगाडि बढ्ने समेत उल्लेख गरे ।

नेता आचार्यले सो अनुरुप विराटनगरको पूर्वाधार निर्माणका लागि सुहाउँदो सडक सञ्जाल, पाँच वर्षमा रंगशालाको पूर्णता दिने, सभागृह निर्माण, अस्पतालमा सुधारका साथै चीनसम्म सडक विस्तारका लागि विराटनगर–किमाथान्का सडक निर्माणमा जोड दिने बताए।

नेपाल प्रेस युनियन मोरङका अध्यक्ष मीनकुमार नवोदितको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाली काँग्रेसको तर्फबाट मोरङ क्षेत्र नं १ का उम्मेदवार एवं पार्टी सभापति डिगबहादुर लिम्बू, क्षेत्र नं ३ का उम्मेदवार सुनील शर्माले नेपाली काँग्रेसद्वारा नै मुलुकको समृृद्धि हुने उल्लेख गर्दै मोरङमा स्वास्थ्य, शिक्षा, सुकुम्बासी, नदी नियन्त्रणलगायतका समस्याको समाधानका लागि ठोस् पहल गर्ने प्रतिबद्धता प्रकट गरे ।

प्रतिक्रिया दिनुहोस्