आईसीसीले गर्याे महिला विश्वकप क्रिकेट २०२५ को खेल तालिका सार्वजनिक
काठमााडौं, १ चैत । अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले महिला विश्वकप क्रिकेट २०२५ को छनोट खेल तालिका सार्वजनिक भएको छ।
आईसीसीले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार प्रतियोगिता यही चैत २७ गतेदेखि (अप्रिल ९ देखि १९) वैशाख ६ गतेसम्म पाकिस्तानमा हुनेछ।
राउण्ड–रोबिनका आधारमा खेलाइने प्रतियोगिताका सबै १५ खेलहरू पाकिस्तानको लाहोरमा खेलाइनेछ। गद्दाफी क्रिकेट मैदान र लाहोर सिटी क्रिकेट एसोसिएशन ९एलसीसीए० मा यो प्रतियोगिताका खेलहरु हुनेछन्।
प्रतियोगितामा आयोजक पाकिस्तानसँगै स्कटल्याण्ड, आयरल्याण्ड, वेष्टइण्डिज, थाइल्याण्ड र बंगलादेश सहभागी हुनेछन्।
प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तान र आयरल्याण्डबीच चैत २७ गते ९अप्रिल ९० गद्दाफी स्टेडियममा प्रतिस्पर्धा हुनेछ।
शीर्ष दुई स्थानमा रहने दुई टोलीले यसै वर्ष अक्टोबर र नोभेम्बरमा भारतमा हुने महिला विश्वकप क्रिकेटमा स्थान सुरक्षित गर्नेछन्।
आईसीसीको सूचीमा माथिल्ला ६ स्थानमा रहेका अष्ट्रेलिया‚ इङल्याण्ड‚ न्युजिल्याण्ड‚ दक्षिण अफ्रिका‚ श्रीलंका र प्रतियोगिता आयोजक भारत भने पहिले नै विश्वकपका लागि छनोट भइसकेका छन्। यसले गर्दा आईसीसीले गरेका यस्ता कार्यहले खेलाडीको भविष्य पनि निर्धारण गर्दछ । ।
प्रतिक्रिया दिनुहोस्