स्पेनिस क्लब रियल सोसिडाड विरुद्ध फर्नान्डिसले ह्याट्रिक गरेपछि म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनल प्रवेश
काठमाडौं, १ चैत । स्पेनिस क्लब रियल सोसिडाड विरुद्ध उत्कृष्ट जित निकाल्दै इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनल प्रवेश गरेको छ ।
म्यान यु स्टार ब्रुनो फर्नान्डिसले ह्याट्रिक गरेको खेलमा युनाइटेडले सोसिडाडलाई ४–१ले पराजित गर्दै समग्रमा ५–२ को जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको हो ।
फर्नान्डिसले खेलको १६ र ५० औँ मिनेटमा पेनाल्टी मार्फत तथा ८७ औँ मिनेटमा थप गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे ।
गए राति भएको अन्य खेलहरूमा एट्लेटिको क्लब बिल्बाओले रोमालाई पराजित गरेको छ भने अन्य खेलहरूमा लायन, रेङ्गर्स , टोटनह्याम्प विजयी भएका छन् । यो सङ्गै युरोपा लिगको क्वाटरफाइनलमा पुग्ने टोलीको टुंगो लागेको छ ।
प्रतिक्रिया दिनुहोस्