वुमन्स डे कपमामा आज युगाण्डा र नेपालबीच प्रतिष्पर्धा हुँदै

काठमाडौं, २५ फागनु। युगाण्डामा सुरु भएको चार देश सम्मिलित वुमन्स डे कपमा आज दोस्रो दिनका खेलहरू हुँदैछन् ।

आजको पहिलो खेलमा घरेलु टोली युगाण्डा र नेपालबीच खेल हुँदैछ । दोस्रो खेलमा हङकङ र नामिबिया खेल्ने छन् । नेपालको खेल दिउँसो पौने १ बजेदेखि सुरु हुनेछ ।

शनिबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो । युगाण्डाले भने शनिबार हङकङलाई हराएको थियो ।

आईसीसीको महिला टी(२०आई वरियतामा नेपाल २१औं, हङकङ २२औं, युगाण्डा १८औं र नामिबिया १७औं स्थानमा छन् ।

 

नेपालले यसपछि भोलि फागुन २६ मा हङकङसँग खेल्ने छ । त्यस्तै फागुन २८ मा नामिबियासँग, २९ मा युगाण्डासँग र ३० मा हङकङसँग खेल्ने छ ।

यी सबै खेलहरू सकिएपछि चारमध्ये शीर्ष २ मा हुने टोलीले फाइनल खेल्ने छन् भने बाँकी दुई टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछन् ।

नेपालको टोली स् इन्दु बर्मा ९कप्तान०, रुबिना क्षेत्री, पुजा महतो, अलिशा कुमारी यादव, बिन्दु रावल, सम्झना खड्का, ममता चौधरी, कविता जोशी, रिया शर्मा, सना प्रवीन, रोमा थापा, राजमती ऐरी, रचना चौधरी र ईश्‍वरी विष्ट

प्रतिक्रिया दिनुहोस्