५ करोड भन्दा बढी चुक्ता पुँजी भएका इन्भेष्टमेन्ट कम्पनीलाई धितोपत्र बोर्ड सूचीकृत गर्न निर्देशन
काठमाडौं,२३ फागुन । नेपाल धितोपत्र बोर्डले इन्भेष्टमेन्ट कम्पनीहरुलाई सूचीकृत हुन निर्देशन दिएको छ । बोर्डले शुक्रबार एक सूचना जारी गर्दै इन्भेष्टमेन्ट कम्पनीहरुलाई सूचीकृत हुन निर्देशन दिएको हो ।
सम्पति शुद्धिकरण निवारण ऐन, २०६४ को दफा ७ को उपदफा २ अनुसार समन्वयन समितिको सिफारिसमा ५ करोड रुपैयाँ भन्दा धेरै चुक्ता पुँजी भएका र १० करोड रुपैयाँ वा सोभन्दा बढी कारोबार गर्ने इन्भेष्टमेन्ट कम्पनीलाई धितोपत्र बोर्डमा सूचीकृत हुन निर्देशन दिइएको हो । बोर्ड विभिन्न विवरण तथा कागजातसहित सूचीकृत हुन निर्देशन दिएको छ ।
प्रतिक्रिया दिनुहोस्