युगान्डामा हुने चार देशीय महिला क्रिकेट प्रतियोगितामा लागि नेपाली राष्ट्रिय टोली घोषणा
काठमाडा्रै, १९ फागुन । युगान्डामा हुने चार देशीय महिला क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोली घोषणा गरिएको छ।
आगामी मार्च ६ देखि १७ सम्म युगान्डामा हुने चार देशीय महिला क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोली घोषणा गरिएको हो । टोलीमा अलराउन्डर सीता रानामगर समेटिएकी छैनन्। १४ सदस्यीय टोलीमा यू(१९ टोलीका रिया शर्मा, पूजा महतो, अलिशाकुमा यादव र रचना चौधरी टोलीमा छन्।
प्रतियोगितामा ८ मार्चमा नेपालले नामिबियासँग पहिलो खेल खेल्नेछ। यस्तै आयोजक युगान्डासँग ९ मार्च र हङकङसँग १० मार्चमा खेल हुनेछ।
डबल राउन्ड रोबिनको प्रतिस्पर्धा पछि अंक तालिकाको पहिलो र दोस्रो हुने टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ भने तेस्रो र चौथोबीच तेस्रो स्थानको
नेपाली टोली
इन्दु बर्मा (कप्तान) , बिन्दु रावल, रिया शर्मा, सम्झना खड्का, ममता चौधरी, पूजा महतो, राजमती ऐरी, कविता जोशी, रुबिना छेत्री, अलिशा कुमारी यादव (विकेटकिपर), रोमा थापा, रचना चौधरी, साना प्रवीण, ईश्वरी बिष्ट। योे नेपालको लागि प्रतिष्ठाका खेल हो ।
प्रतिक्रिया दिनुहोस्