नेप्से र कारोबार ६ महिनायताकै उच्च विन्दुमा, लगानीकर्ताहरु बजारप्रति विश्वस्त हुँदै

काठमाडौं, १८ फागुन । सेयर बजार परिसूचक नेप्से ६ महिनायताकै उच्च विन्दुमा आइपुगेको छ।

आइतबार नेप्से परिसूचक एकैदिन ७५।२४ अंकले बढेर २८९०.२८ विन्दुमा आएको हो।

नेप्से भदौ ९ गतेयताकै उच्च विन्दुमा आएको हो। भदौ ९ गते नेप्से परिसूचक बजार बन्द हुँदा २८९४ विन्दुमा थियो।

नेप्से मात्रै होइन कारोबार रकम पनि भदौपछिकै उच्च भएको छ।

आइतबार बजारमा १४ अर्ब २५ करोड रूपैयाँको कारोबार भएको हो। गत भदौ ११ गते १८ अर्ब ६४ करोड रूपैयाँको कारोबार भएको थियो।

पछिल्लो समय संस्थागत निक्षेपकर्ताहरूले बैंकमा परिपक्व भएको निक्षेप झिकेर पनि सेयर बजारमा हाल्न थालेको ब्रोकरहरू बताउँछन्।

एकैदिन बैंकहरूबाट घट्यो २० अर्ब निक्षेप, कहाँ गयो ?

यसैबीच, आज ३०२ वटा धितोपत्रको दुई करोड ९१ लाख ६६ हजार ६५६ कित्ता सेयर किनबेच भएको हो।

आइतबार १९६ कम्पनीको सेयर मूल्य बढेको छ भने १४४ वटाको घटेको छ। यस्तै चार कम्पनीको मूल्य स्थिर रहेको छ।

प्रतिक्रिया दिनुहोस्