आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटः आज भारत र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं, १८ फागुन । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज आइतबार भारत र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ ।

समूह ए अन्तर्गतको उक्त खेल दिउँसो पौने ३ बजेदेखि यूएईको दुबईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सुरु हुनेछ । दुवै टोली समूहविजेता बन्ने दाउमा हुनेछन् ।

आजको खेलपछि सेमिफाइनल समीकरण पनि पूरा हुनेछ । सेमिफाइनल खेल्ने चार टोलीको टुंगो लागिसकेपनि प्रतिद्वन्द्वीहरूको भने टुंगो लागेको छैन ।

आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटः
आजको खेलमा भारत विजयी भएमा समूहविजेताको रूपमा सेमिफाइनल खेल्ने छ । त्यस्तो हुँदा भारतको भेट सेमिफाइनलमा समूह बी को उपविजेता अस्ट्रेलियासँग हुनेछ । न्युजिल्याण्डले समूह बी को विजेता दक्षिण अफ्रिकासँग खेल्नेछ ।

न्युजिल्याण्डले भारतलाई हराएमा भने भारतको भेट दक्षिण अफ्रिकासँग हुँदा न्युजिल्याण्डले अस्ट्रेलियासँग खेल्ने छ । भारत संलग्न हुने खेल पहिलो सेमिफाइनलको रूपमा दुबईमा हुनेछ भने अर्को सेमिफाइनल पाकिस्तानको लाहोरमा हुनेछ ।

यसअघि सन् २०२३ को एकदिवसीय विश्वकपमा पनि यिनै चार टोलीहरू सेमिफाइनल पुगेका थिए । आजको खेल रचक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्