प्रीति राई सर्वोत्कृष्ट महिला फुटबल खेलाडीबाट सम्मानीत

काठमाडौं, १७ फागुन । नेपाली राष्ट्रिय महिला फुटबल टिम तथा एपीएफका मिडफिल्डर प्रीति राईले सर्वोत्कृष्ट महिला फुटबल खेलाडी सम्मान प्राप्त गरेकी छन् । योङ स्टार फाउण्डेसनले प्रीतिलाई सर्वोत्कृष्ट महिला फुटबल खेलाडीबाट सम्मान गरेको हो ।

उनलाई सम्मानसँगै नगद १ लाख रुपैयाँ प्रदान गरिएको थियो । योङ स्टार फाउण्डेसनका अध्यक्ष मोहन विक्रम सिंहले प्रीतिलाई सम्मान र अवार्ड प्रदान गरेका हुन् ।

अखिल नेपाल फुटबल संघ (न्फा) ले आयोजना गरेको एन्फा वुमन्स लिगमा गरेको उत्कृष्ट प्रदर्शनको आधारमा प्रीतिलाई सम्मान गरिएको आयोजकले जनाएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) सँगको सहकार्य सर्वोत्कृष्ट खेलाडी छनोट गरिएको हो ।

सम्मानित भएपछि प्रीतिले एकदमै खुशी लागेको र यसलाई शब्दमा बयान गर्न नसकिने प्रतिक्रिया दिएकी छन् । उनले आफूलाई गाईड गर्न सही मार्ग निर्देशक पाएकोले नै आफू यो स्थानमा आईपुगेको भन्दै एकदमै खुशी व्यक्ति गरिन् ।

प्रीति राईले एपीएफलाई महिला लिगको यपाधि जिताउन महत्वपूर्ण प्रदर्शन गरेकी थिईन् । उनी राष्ट्रिय टिम र एपीएफको महत्वपूर्ण सदस्यको रुपमा छन् ।

योङ स्टार फाउण्डेसनका अध्यक्ष मोहन विक्रम सिंहले महिला खेलाडीलाई सम्मान गर्ने उद्देश्यका साथ यो सम्मान कार्यक्रम सुरु गरिएको बताए ।

सम्मान कार्यक्रममा नेपाली फुटबलका पुराना खेलाडीहरू, महिला राष्ट्रिय फुटबल टिमका पहिलो कप्तान रमा सिंह लगायत उपस्थित थिए । यो सम्मानले खेलाडीको मनोवल उच्च राख्न इट्टत थपेको छ ।

प्रतिक्रिया दिनुहोस्