फेरि दुनिंया रुवाउने गीत लीएर आईन लोकप्रिर्य गायिका गौरी भट्ट (भिडियोसहित)

काठमाडौँ ।  सुदुरपश्चिमको देउडा संगीत क्षेत्र तथा नेपाली लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाउन सफल लोकप्रिय चर्चित गायिका गौरी भट्टको स्वरमा फेरी अर्को मनछुने देउडा गीत बाजारमा आएको छ ।

दिपक सार्की र गौरी भट्ट को आवाज मा रहेको गीत डाको लाया तुइ सुवा लाई को अडियो गौरी भट्टको आफ्नै युटुब च्यानल बाट सार्बजनिक भएको हो ।  मालाश्री स्टुडियो मा रेकडिङ भएको उक्तगीतमा निकै मार्मीक र मन छुने शब्द रहेको गायिका भट्टले बताएकी छन् ।

देउडा गीत संगीका क्षेत्रमा राज गरिरहेकी भट्टका यस्ता मन छुने थुर्पे गीतले अहिले चर्चा परिचर्चा कमाई रहेको छ ।
उनले स्रोता दर्शकको माया पनि त्यतिकै पाइरहेकी छन् ।

स्रोता दर्शकै माया हौसला र साथले आफु आज यहां सम्म आउन सफल भएको उनले बताईन । साथै आफ्ना हरेक गीतलाई माया गरिदिन र मन पराईदिन पनि आग्रह गरेकी छन् ।

अझ धेरै मन छुने खालका लोक तथा देउडा गीतहरु बजारमा आउने क्रममै रहेको उनले बताएकी छन् ।
। गीतमा दिपक सार्कीको शब्द रहेको छ भने नरेन बि क को लय रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्