क्युवामा दुई दिने शोक घोषणा

काठमाडौं । क्युवामा शुक्रबार राति भएको विमान दुर्घटनामा निधन भएका १०७ जना हवाई यात्रुको सम्झनामा दुई दिने शोक घोषणा गरिएको छ ।

विमान दुर्घटनामा १ सय ७ जनाको मृत्यु भएको थियो ।

उड्ने वित्तिकै समस्या आएपछि विमानस्थल नजिकैको खेतमा जोतिएर आगो लाग्दा विमानमा रहेका चालक दलका सदस्यसहित १ सय १० जना मध्ये तीन जना भने बाँचेका थिए ।

यसैबीच, दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स पनि फेला परेको छ । ब्ल्याक बक्सको अनुसन्धानबाट विमान राम्रो अवस्थामा रहेको खुलासा भएको छ । यद्यपि, थप अनुसन्धान भइरहेको जनाईएको छ ।

४० वर्ष पुरानो बोइङ ७३७ दुर्घटना हुँदा विमानका १०७ जनाको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा दुई अजेन्टिनीसहित पाँचजना विदेशी र अरु सबै क्युवाली नागरिक थिए ।

प्रतिक्रिया दिनुहोस्