माओवादीको कार्यक्रमका कारण दुई निजी विद्यालय बिदा, यसले के सन्देश देला ?
काठमाडौं, १३ फागनु । नेकपा (माओवादी केन्द्र)को हुलाकी राजमार्ग केन्द्रित तराईमधेश जागरण अभियान आज मोरङ पुगेको छ ।
आज मंगलबार र बुधबार मोरङका विभिन्न ठाउँमा कार्यक्रम राखिएको छ । आजको एउटा जनसभा कानेपोखरी(६ को रमाइलो बजारमा आयोजना गरिएको छ ।
बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म कार्यक्रम आयोजना हुने भएपछि त्यहाँ नजिकका दुई निजी विद्यालयले बिदा दिएका छन् । ध्वनि प्रदूषणका कारण पढाइ प्रभावित हुने भएकोले नजिकै रहेका पर्ल एकेडेमी र जेनिथ इङ्लिस स्कुलले आज एक दिन बिदा दिएका हुन् ।
रमाइलोको जनसभाका आयोजना गरेपछि माओवादीले त्यहाँका चारवटा विद्यालय बन्द गर्न आग्रह गर्दै पत्र पठाएको थियो । माओवादीले बालजगत इङ्लिस बोर्डिङ स्कुल, पल एकेडेमी, माउण्ट हर्मोन एकेडेमी र जेनिथ इङ्लिस बोर्डिङ स्कुललाई पत्र पठाएको थियो । त्यसमध्ये नजिकका दुई स्कुलले बिदा दिएका हुन् ।
पार्टीको गाउँ कमिटीका अध्यक्ष दुर्गाबहादुर कार्कीले पठाएको पत्रमा भनिएको छ, ‘कानेपोखरी–६ रमाइलोमा बृहत जनसभा ९ देखि १ बजेसम्म हुने भएकाले सवारीसाधनको चाप अत्यधिक हुने र उच्च ध्वनि भएका उपकरणहरुको प्रयोगका कारण विद्यार्थीमा ध्वनि प्रदूषण हुने भएकाले विद्यालय बिदा गरी कार्यक्रममा आवश्यक सहयोग गरिदिनु हुन हार्दिक अनुरोध छ ।’
माओवादीको अभियानअन्तर्गत मंगलबार रमाइलोको सभापछि दिउँसो १ बजेदेखि ३ बजेसम्म हुलाकी मार्गको आमबाडीमा सभा हुनेछ । दिउँसो साढे ३ बजेदेखि हुलाकी मार्गकै कर्सीया बजारमा जनसभा हुनेछ । कर्सीयाको कार्यक्रमपछि दादरबेरीयामा प्रचण्डसहितका नेताहरु बास बस्नेछन् । बुधबार विराटनगर केन्द्रित भेटघाट कार्यक्रम छन् । यसले माओवादीमा नराम्रो सन्देश दिनेछ । एउटा पार्टी विशेषको कार्यक्रममा विद्यालय बन्द गर्नु दुःअद् विषय हो । यस्ता पार्टीका कार्यक्रमहरु कुनै खुला स्थान स्कुद भनदा टाढा गर्नु उपयुक्त हुन्छ । यसप्रति सबैले सोच्न आबश्यक छ ।
प्रतिक्रिया दिनुहोस्