केपी ओली कप सुरु
काठमाडौं, ११ फागुन। केपी ओली कप फुटबल प्रतियोगिताको तेस्रो संस्करण सुरु भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा हुन लागेको यो प्रतियोगिताका खेलहरू एन्फा कम्प्लेक्स र दशरथ रंगशालामा हुनेछन् ।
आगामी १९ फागुनसम्म हुने प्रतियोगिताको उद्घाटन खेल उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी र एपीएफ एफसीबीच जारी छ ।
खेलअघि प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन एन्फा कम्प्लेक्समै मनाइएको थियो ।
प्रतियोगितामा ए डिभिजन क्लब र विदेशी क्लब गरी ९ टोलीको सहभागिता हुने युवा संघले जनाएको छ ।
६ वटा ए डिभिजन क्लब, दुई विदेशी तथा एक आयोजक क्लब गरी ९ टिमले प्रतियोगितामा भाग लिएका छन् ।
प्रतिक्रिया दिनुहोस्