इन्टरनेशनल वुमन्स च्याम्पियनसिपः नेपालले आज म्यानमारसँग प्रतिष्पर्धा गर्दै
काठमाडौं, ११ फागुन। इन्टरनेशनल वुमन्स च्याम्पियनसिप अन्तर्गत घरेलु टोली नेपालले आज आफ्नो तेस्रो खेलमा म्यानमारसँग प्रतिष्पर्धा गर्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ ।
हालसम्म नेपाल र म्यानमार दुवै टोली अपराजित रहँदै फाइनलमा पनि स्थान बनाइसकेका छन् । त्यसकारण यस खेल फाइनलअघिको वार्म-अप सरह हुनेछ । म्यानमारले लेबनानलाई ३(१ तथा कीर्गिस्तानलाई ५-० गोलअन्तरले हराएको थियो भने नेपालले लेबनान र कीर्गिस्तान दुवैलाई समान १-० गोलअन्तरले हराएको थियो ।
नेपालका प्रशिक्षक राजेन्द्र तामाङले यस खेलका लागि म्यानमारको टोलीको रणनीति बुझेर त्यसैअनुसार फाइनलको योजना बनाउन सहज हुने बताएका छन् ।
नेपाल र म्यानमारबिच हालसम्म ३ खेल भएको छ जसमा एक बराबरी खेल्दा दुई खेलमा नेपाल पराजित भएको थियो । म्यानमारले ७ गोल गर्दा नेपालले जम्मा २ गोल मात्र गरेको छ ।
सन् २०१९ मा भारतमा भएको हिरो कपको लिग चरणमा नेपाल म्यानमारसँग ३-० ले पराजित भएको थियो भने फाइनलमा ३-१ ले पराजित भएको थियो । त्यसअघि सन् २०१८ मा भएको ओलम्पिक एएफसी क्वालिफाइङ राउण्ड वानमा नेपालले म्यानमारसँग १(१ को बराबरी खेलेको थियो ।
आजै दिउँसो २ बजे हुने खेलमा लेबनान र कीर्गिस्तानबीच प्रतिस्पर्धा हुनेछ । दुवै टोलीका लागि सान्त्वना जितको पनि अवसर हुनेछ ।















प्रतिक्रिया दिनुहोस्