पूर्वराष्ट्रपति रामवरणमाथि घरबेटीले निकाले १५ दिने नोटिश

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवमाथि सार्वजनिक रुपमै अपमान भएको छ । सरकारले गत साउन महिनादेखि पूर्वराष्ट्रपतिले आवासको भाडा नतिरेको भन्दै घरबेटीले १५ दिनभित्र घर खाली गरिदिन सोमबार पत्रिकामा सूचना जारी गरेका छन् ।

सूचना हेर्नुहोस

पूर्वराष्ट्रपति यादव ललितपुर– ४ स्थित बागडोलमा रहेको रविभक्त विष्टको घरमा भाडा तिरेर बस्दै आएका छन् । पूर्वराष्ट्रपतिको आवासको भाडा सरकारले तिर्दै आएको थियो ।

घरबेटी विष्टले सोमबार एउटा राष्ट्रिय दैनिकमा घर खाली गर्नेबारे सूचना जारी गर्दै पूर्वराष्ट्रपतिलाई १५ दिनभित्र भाडा तिरेर घर खाली गरिदिन भनेका छन् ।
नेपाल सरकारले उच्च सम्मान गर्नुपर्ने पूर्वराष्ट्रपतिले भाडा तिर्न नसकेर यस्तो सूचना निस्कनु स्वयं पूर्वराष्ट्रपतिको त अपमान हो नै, यसबाट सिंगै राष्ट्रले लज्जित हुनुपर्ने अवस्था देखापरेको छ । जबकी सरकारले पूर्वप्रधानमन्त्रीलाई समेत मासिक घरभाडा उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्