सरकार र ग्यास व्यवसायीबिच सहमति, ग्याँस आपूर्तिमा समस्या नहुने
काठमाडौं, ३० माघ । सरकार र ग्यास व्यवसायीबिच सहमति भएको छ । बिहीबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा व्यवसायीबिच भएका छलफलले सरकार र व्यवसायीबीच सहमती भएको हो ।
सो छलफलमा व्यवसायीका सबै माग १५ दिनभित्र पुरा गर्ने सहमति भएको छ। त्यसका लागि १५ दिनका व्यवसायीले घोषणा गरेका सबै आन्दोलनका कार्यक्रमहरु स्थगित गर्ने सहमति भएको मन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारी, मन्त्री, नेपाल आयल निगम सञ्चालक समितिका पदाधिकारीहरू, निगमका कर्मचारीहरू र नेपाल एलपी ग्याँस उद्योग सङ्घका पदाधिकारीहरूबिच सहमती हुँदा १५ दिनको लागि सबै आन्दाृलनका कार्यक्रमहरु स्थगन गरिउको हो । यस छलफलबाट सङ्घका मागहरूका सम्बन्धमा सकारात्मक छलफल भएको सचिवालयले जनाएको छ ।
‘छलफलका क्रममा नेपाल आयल निगमसमक्ष संघले पेस गरेका मागहरूलाई सकारात्मक रूपमा लिई समाधानका लागि गृहकार्य गर्न थप समय आवश्यक देखिएको हुँदा संघले आजका मिति देखि घोषणा गरेका आन्दोलनका सबै कार्यक्रमहरू १५ दिनका लागि स्थगन गर्ने निर्णय गरियो,’ संघको सचिवालयले भनेको छ । यसबीचमा सहमती कार्यान्यन नभएमा पुनः आन्दोलन गर्ने पनि संघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्