रियल मड्रिडको च्याम्पियन्स लिग प्लेअपमा रोमाञ्चक जित
काठमाडौं, ३० माघ । युरोपियन च्याम्पियन्स लिग फुटबल अन्तर्गत प्लेअफको पहिलो लेगमा रियल मड्रिडले रोमाञ्चक जित निकालेको छ ।
सिटीको घरेलु मैदानमा भएको खेलमा दुई पटक पछि परिसकेको अवस्थालाई उल्ट्याउँदै रियलले सिटीलाई ३२ ले हरायो ।
रियलको जितमा किलियन एमबाप्पे, ब्राहिम डियाज र जुड बेलिङहामले गोल गरे । सिटीका लागि दुवै गोल एर्लिङ हालान्डले गरे ।
खेलको १९औँ मिनेटमा हालान्डले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा सिटी १–० ले अगाडि रहेको थियो । तर ६०औँ मिनेटमा एमबापेले गोल गर्दै खेल बराबरीमा ल्याए ।
८०औँ मिनेटमा हालान्डले पेनाल्टीमा गोल गरेपछि सिटी पुनः २–१ ले अगाडि बढेको थियो ।
खेलमा ८६औँ मिनेटमा डियाजले गोल गर्दै खेल बराबरीमा ल्याए । तर इन्जुरी समयमा बेलिङहामले गोल गरेपछि रियल ३,२ ले विजयी भयो ।
प्रतिक्रिया दिनुहोस्