आहारारा पोखरा गोल्डकप: नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच आज प्रतियोगिता हुँदै

काठमाडौं, ३० माघ । आहारारा पोखरा गोल्डकपको २५०औं खेल आज हुँदैछ । २४औं आहारारा गोल्डकपको पहिलो सेमिफाइनल नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच आज बुधबार हुँदैछ ।

पोखरा रंगशालामा बुधबार पुलिस र चर्च ब्वाइज मैदान उत्रँदा यस प्रतियोगिताले पनि एउटा कोशेढुंगा पार गर्नेछ ।

उता चर्च ब्वाइज नेपाली घरेलु फुटबलमा उदाउँदै गरेको क्लब । पछिल्लो पटक भएको सहीद स्मारक ए डिभिजन लिगको विजेता हो चर्च ब्वाइज । चर्च ब्वाइजको इतिहासम त्यति मात्र होइन चर्च ब्वाइजले सी देखि ए डिभिजनसम्म लगातार च्याम्पियन बनेर मनाङ मर्स्याङ्दीले राखेको कीर्तिमान समेत बराबरी गरेको थियो ।ऐतिहासिक खेलका लागि पुलिस र चर्च ब्वाइज जत्तिको टोली हुन सक्दैन । सुरूमा क्याराभान गोल्डकपको रूपमा प्रतियोगिता स्थापना हुँदा पहिलो खेल आयोजक सहाराको सहारा सेतो र नक्साल युवा मण्डलबीच भएको थियो । उक्त खेलमा सहारा सेतो १(० ले विजयी भएको थियो ।

यस्तै प्रतियोगिताको ५०औं खेल २०६२ सालमा मनाङ मर्स्याङ्दी र एपीएफबीच भएको खेल मनाङले २(१ ले जितेको थियो । प्रतियोगिताको १००औं खेल २०६७ सालमा सहारा क्लब र धरान एफसीबीच भएको उद्घाटन खेल थियो । उक्त खेलमा सहारा २(१ ले विजयी भएको थियो ।

१५०औं खेल २०७१ सालमा भएको थ्रीस्टार र झापा ११ बीचको थियो । उक्त खेलको नतिजा थ्री स्टारको पक्षमा थियो २(०। २०७६ सालमा मनाङ र झापा ११ बीच भएको खेल आहरारा पोखरा गोल्डकपको २००औं खेल थियो । अब २५०औं खेल नेपाल पुलिस क्लब र चर्च ब्वाइजबीच हुनेछ ।

२०५८ सालदेखि २०७४ सालसम्म हरेक संस्करणमा ११(११ खेल भएका थिए । त्यसपछि केही संस्करणमा टिम संख्या घट्यो । जसले गर्दा २०७५, ७६, ७८ र ७९ सालमा १० टिम मात्र सहभागी भए भने २०७७ सालमा जम्मा ८ टिमले खेलेका थिए ।

१० टिम सहभागी हुँदा ९(९ खेल भए भने ८ टिम सहभागि हुँदा ७ खेल मात्र भए । गत वर्ष देखि अर्थात २०८० सालदेखि फेरि १२ टिम नै सहभागी हुन थालेका थिए र त्यसले यस संस्करणमा पनि निरन्तरता पाएको छ ।

पुलिसको ५०औं खेल

आहारारामा आजको खेलमा अर्को पनि इतिहास बन्नेछ । त्यो अरू कुनै क्लब नभएर नेपाल पुलिस क्लब नै हो । नेपाल पुलिस क्लबले पनि आहरारामा आफ्नो ५०औं खेल खेल्नेछ ।

पुलिस ५०औं खेल खेल्ने दोस्रो क्लब हुनेछ । मनाङ मर्स्‍याङ्दीले सर्वाधिक ५२ खेल खेलिसकेको छ । यसपटक भने मनाङ सहभागी भएन । यसअघि २०६४ र ६५ सालमा पनि मनाङ सहभागि थिएन । मनाङ १६ वर्षपछि आहारारामा सहभागी नभएको हो ।

अहिलेसम्म २३ पटक ९२४औं संस्करणसहित० सहभागी हुँदा ६ पटक उपाधि जितेको पुलिस यसअघि खेलेका ४९ खेलमध्ये ३३ खेल जितेको छ भने १६ खेलमा मात्र पराजित भएको छ ।

पुलिसले १० पटक फाइनल खेल्दा ६ पटक उपाधि जित्न सफल भएको थियो भने ४ पटक फाइनलमा पराजित भएको थियो । यसैगरी ४ पटक सेमिफाइनलमा पराजित हुँदा ५ पटक क्वाटरफाइनलमा पराजित भएको छ । ३ पटक भने पुलिस पहिलो चरण अर्थात प्रि क्वाटरफाइनलमै पराजित भएको थियो ।

पुलिसले सुरूवाती ३ संस्करणमा ८ खेलमा अपराजित थियो । नवौँ खेलमा मनाङ मर्सयाङ्दीसँग पराजित भएको थियो ।

त्यसपछि पुलिसले २०६४ देखि २०६६ सालसम्म लगातार तीन पटक उपाधि जित्दा पुलिसले लगातार ९ खेल जितेको थियो । २०६७ सालमा पनि आफ्नो पहिलो खेल जितेर लगातार १० खेल जितेको पुलिस त्यस संस्करणमा सेमिफाइनलमा थ्री स्टारसँग पराजित भएको थियो ।

पुलिसले पछिल्लो पटक २०७४ सालमा उपाधि जितेको थियो । यस आजको खेलर्मा तिहास रच्ने खेल छ ।

प्रतिक्रिया दिनुहोस्