पुजाको अर्धशतकमा नेपालले नेदरल्याण्ड्सलाई दियो बलियो लक्ष्य
काठमाडौं, २३ माघ । काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी–२०आई शृंखलाको आफ्नो पाँचौं खेलमा नेपालले नेदरल्याण्ड्ससँग खेलिरहेको छ ।
टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले नेदरल्याण्ड्सलाई १४६ रनको बलियो लक्ष्य दिएको छ । नेपालले २० ओभरमा ४ विकेट गुमाएर १४५ रन बनायो ।
नेपालका लागि पुजा महतोले अविजित अर्धशतक बनाइन् । पुजाले ५१ बलमा पाँच चौकासहित ६२ रन बनाइन् । यो यस शृंखलाकै उच्च व्यक्तिगत स्कोर हो ।
कप्तान इन्दु बर्माले ३९ तथा रुबिना क्षेत्रीले २० रन बनाइन् । नेदरल्याण्ड्सका लागि आइरिस विलिङले २ विकेट लिँदा कारोलिन डे लाङ र हिथर सिगर्सले १–१ विकेट लिए ।
चौथो नम्बरमा ब्याटिङमा आएकी पुजाले शृंखलामै नेपालका लागि पहिलो अर्धशतक बनाएकी हुन् । पुजाको यो दोस्रो टी२०आई अर्धशतक हो । यसअघि उनले सन् २०२४ मा माल्दिभ्सविरूद्ध अर्धशतक बनाएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्