२७३० विन्दुमा नेप्से, ११ अर्ब ८७ करोडको सेयर किनबेच, व्यापार उत्साहजनक, लगानीकर्ताहरु उत्साहित
काठमाडौं, २१ माघ । सोमबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ।
नेप्से २।४१ अंकले बढेर २७३० विन्दुमा बन्द भएको छ।
यसदिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।
गत कारोबार दिन अर्थात् आइतबार १२ अर्ब ९५ करोड कारोबार भएकोमा सोमबार ११ अर्ब ८७ करोडको सेयर कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा एक अर्ब आठ करोड रूपैयाँ कमी आएको हो।
आज ३१९ वटा धितोपत्रको दुई करोड ३७ लाख ७० हजार ३४८ कित्ता सेयर किनबेच भएको हो।
सोमबार ९७ कम्पनीको सेयर मूल्य बढेको छ भने १३७ वटाको घटेको छ। यस्तै आठ कम्पनीको मूल्य स्थिर रहेको छ।
यसदिन उपकार लघुवित्त र भूगोल इनर्जीको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ।
उक्त कम्पनीहरूको प्रतिकित्ता मूल्य क्रमशः पाँच हजार ५४९ रूपैयाँ ५० पैसा र ९८२ रूपैयाँ ५० पैसा कायम भएको छ।
यस्तै, ग्रीन डेभलपमेन्ट बैंक र रिभर फल्स पावरको मूल्य सर्वाधिक १० प्रतिशतका दरले घटेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ८०१ रूपैयाँ ३० पैसा र ८९५ रूपैयाँ ५० पैसामा झरेको छ।
सोमबार एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ३४६ रूपैयाँमा ३५ करोड ३० लाख रूपैयाँको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ३.१६ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सप्तकोशी डेभलपमेन्ट बैंक बैंक रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार ३८९ रूपैयाँ ९० पैसामा ३२ करोड ७३ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सात समूहको परिसूचक बढेको छ भने बाँकी ६ समूहको परिसूचक घटेको हो।
यसदिन वित्त समूहको परिसूचक सर्वाधिक १.०७ प्रतिशतले घटेको छ।
प्रतिक्रिया दिनुहोस्