प्रदर्शनीमा  टेक्सटायलप्रति आकर्षण बढ्दै 

काठमाडौँ २१ माघ । नेपाल चेम्बर अफ कमर्सले भृकुटीमण्डपमा आयोजना गरेको अन्तराष्ट्रिय प्रदर्शनीमा अवलोकनकर्ताको आकर्षण बढेको पाइएको छ।
टेक्सटायल, काष्ठकला, विद्युतीय मेसिनरी तथा औजार, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरू सम्बन्धी बृहत् प्रदर्शनीमा अवलोकनकर्ताको आकर्षित भएका हुन् ।
यही माघ १७ देखि आजसम्म सञ्चालन भएको प्रदर्शनीमा नेपाल, भारत, चीन, पाकिस्तान, बंगलादेशलगायतका उद्यमीले उत्पादन गरेका विभिन्न सामग्री प्रदर्शनीमा राखिएका छन्।
गोल्ड सन होम टेक्सटाइल्स प्रालीले उत्पादन गरी बजारमा ल्याएका अत्याधुनिक ओढ्ने कपडा, सिरक, कम्बल, तकिया, म्याट्रेस, केटा केटी केटीको ब्लांकेट , बेड सिटले उपभोक्तालाई मोहित गराएको छ । चिनियाँ उद्यमीले बुढानिलकण्ठमा संचालन गरेको उक्त उद्योगले तीन हजारदेखि एक लाखसम्मको ओढ्ने सिरक तथा कम्बल उत्पादन गरेको छ। सोह्र खुट्टे नजिक खुशीवुमा बिक्री कक्ष संचालन गरेको छ।
एकदेखि चार पिससम्मका ती उत्पादन जाडो मौसममा प्रयोग गरिने मुलायम भएकोले अन्तर्राष्ट्रिय स्तरमा पनि माग बढेको संचालकले वु रेन झाङले बताउनुभयो। ठूला ठूला होटलमा पनि यी सामानहरूको माग भैरहेको जनाइएको छ। सोही समूहले चामल तथा कोदोको पिठोबाट चाउचाउ उत्पादन गरी बिक्रिका राखिएको छ।
रिया दर्नालका अनुसार प्रदर्शनीमा व्यवसायसँग सम्बन्धित उत्पादनहरूको बारेमा जानकारी गराइएको छ। विभिन्न मुलुकका व्यवसायी तथा उपभोक्ताबीच छलफल तथा अन्तर्क्रिया गरिएका छन।
प्रतिक्रिया दिनुहोस्