यू–१९ विश्वकपको ‘टीम अफ द टुर्नामेन्ट’ मा परिन् नेपालकी कप्तान पूजा

काठमाडौं, २१ माघ । यु–१९ विश्वकपको टीम अफ द टुर्नामेन्टमा नेपालकी कप्तान पूजा महतो पनि परेकी छन् ।

आईसीसीले मलेसियामा आइतबार सकिएको यू–१९ विश्वकपमा सहभागीमध्ये उत्कृष्ट १२ खेलाडीको सूची सार्वजनिक गरेको थियो । उक्त सूचीमा नेपालकी कप्तान पूजा अटाएकी हुन् ।

पूजाले उक्त विश्वकपमा ७० रनसहित ९ विकेट लिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्