सुनको मुल्य निरन्तर ३ दिनदेखि स्थिर

काठमाडौं, २१ माघ । आज सुनको भाउ आज पनि स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ १ लाख ६२ हजार ८०० कायम रहेको छ । यसअघि आइतबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो । सुनको मुल्य निरन्तर ३ दिनदेखि स्थिर रहेको छ ।

यता, आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेर १८ सय ९५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ प्रतितोला १९ सय १० रुपैयाँ रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ७८०.५९ र चाँदी प्रतिऔंस ३०.९ डलरमा कारोबार भइरहेको छ । अमेरीकी डलरको भाउ बढिरहँदा सुनकाृ भने बढेको छैन ।

प्रतिक्रिया दिनुहोस्