मोटरसाइकल तथा स्कुटरबाट थप कर असुल्ने सरकारको तयारी
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि दुई पाङ्ग्रे सवारी (मोटरसाइकल तथा स्कुटर) मा प्रदूषण कर लगाउने भएको छ ।
वार्षिक २ सय रुपैयाँ प्रदूषण कर लिने प्रस्ताव गरिएको छ ।
उक्त कर नयाँ दर्ता तथा वार्षिक नवीकरणका क्रममा संकलन गरिने छ । यातायात व्यवस्था विभागले मोटरसाइकल प्रयोगकर्तासँग नयाँ शीर्षकका करको भार थप्दै वार्षिक २ सय रुपैयाँ प्रदूषण कर संकलन गर्ने प्रस्ताव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा प्रस्ताव गरेको हो ।
बजेट निर्माणको चरणमा मोटरसाइकल प्रयोगमा पनि प्रदूषण कर संकलन गर्न सकिनेगरी अर्थ मन्त्रालयमा प्रस्ताव गरेको विभागका महानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्