प्रधानमन्त्रीको निर्देशन पछि आजदेखि पेट्रोलियम पदार्थको पुरानै मूल्य कायम हुने

काठमाडौं । आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले आक्रोश व्यक्त गर्दै । मूल्यवृद्धि तत्काल फिर्ता लिन निर्देशन दिएपछि विहीबार बिहानै आयल निगमको आकस्मिक बैठक बसेको छ ।

नियमले नियमितरुपमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आइरहेको छ । यसैक्रममा बुधबार पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएको थियो । तर, प्रधानमन्त्रीको ठाडो निर्देशनपछि विहीबारदेखि पुरानै मुल्य कायम गरिने आयल निगम स्रोतले जनायो

निगमले बुधबार पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेको थियो । एलपी ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँ बढाइएको थियो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आपूर्ति मन्त्री जयन्त चन्द र मुख्यसचिव लोकदर्शन रेग्मीलाई सम्पर्क गरेर चुनावका बेलामा मूल्यवृद्धि नगर्न र तत्काल निर्णय फिर्ता लिन निर्देशन दिएपछि पुरानै मुल्य कायम हुने स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्